२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

अर्थ

उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा साउनको २६ र २७ गते ललितपुरमा



काठमाडौं ८, असार। निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाको मिति तय भएको छ। आगामी साउन २६ र २७ गते महासंघको ५४ औं साधारणसमा हुने भएको छ।

महासंघको पदाधिकारी बैठकले ललितपुरमा साधारणसभा गर्ने निर्णय गरेको हो। ललितपुरस्थित ह्यारिटेज प्लाजामा साधारणसभा हुनेछ।

महासंघको कार्यकारिणी समितिको बैठक पनि सोमबार (आज) बस्दैछ। बैठकले पदाधिकारी बैठकले गरेको निर्णयलाई अनुमोदन गर्नेछ।

यसअघि गएको चैत २८ र २९ गते महासंघको साधारणसभाको मिति तय भएको थियो। तर, कोरोना महामारीपछि सरकारले गरेको बन्दाबन्दीका कारण साधारणसभा स्थगित भएको थियो।

प्रकाशित : ८ असार २०७७, सोमबार ००:००