न्युयोर्क । नेपाल आदिवासी जनजाति माहासंघ अमेरिका (फिप्ना) ले न्युयोर्कमा रहेका नेपाली समुदायलाई कोभिड–१९ माहामारी रोकथामका सामग्रिहरु तथा राहत वितरण गरिरहेका छन् ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/05/97405176_1485016038346981_2271332861090988032_n.jpg?resize=720%2C540)
हालसम्म बितरित सामग्रीरुमा टाईनल औषधि, सर्जिकल र नर्मल मास्क करिव १० हजार प्रति, सेनिटाईजर ३ सय प्रति, थर्मोमिटर २५ प्रति छन् । टाईनल औषधी कोभिड–१९ बाट संक्रमित नेपालीहरुको घरमै पु¥याएर दिईएको थियो भने अन्य सामग्रीहरु तोकिएको ठाउँमा उपलब्ध गराईएको थियो । विबिन्न ब्याक्तित्व तथा संस्थाहरुले गरेको स्वतः सौजन्यबाट सामग्री वितरण सम्भब भएको फिप्नाका अध्यक्ष लोक चेम्जोङले बताए । अधिकतम मुल्य बराबरको सामगृहरु सौजन्य गर्नेहरुमा टेक्सासका ब्यावसायी पासाङ लामा, न्युजर्सिका ब्यावसायी लिला राई, जिपिजे फाउण्डेसन्, समाजसेवी मुनेन्द्र नेम्वाङ लगायत छन् । हाल सम्म १२ सय ज्यादालाई कोभिड–१९ रोकथामका सामग्रीहरु वितरण गरिसकिएको फिप्नाले जनाएको छ ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/05/97262188_1485056245009627_3449524750676656128_n.jpg?resize=720%2C540)
त्यसैगरी अध्यायन भिसा मार्फत अमेरिकामा रहेका नेपाली विद्यार्थीहरुलाई पनि फिप्नाले सहयोग गरिरहेको जनाएको छ । अन्य संस्थाहरुसंगको सहकार्यबाट विद्यार्थीहरुलाई खाद्यन्न सहयोग भईरहेको फिप्नाका अध्यक्ष चेम्जोङले बताए । हाल सयौं नेपाली विद्यार्थीहरुलाई खाद्यन्न सहयोग भईरहेको छ । फिप्नाले स्थानिय प्रशासनको स्वास्थ्य नीति अनुसार आफु जोगिएर अरुलाई सहयोग गरिरहेको जनाएको छ ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/05/97063117_1485015801680338_3822263057963286528_n.jpg?resize=720%2C540)
प्रतिक्रिया