![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/05/ncp-20-01-2077.jpg?resize=720%2C480)
काठमाडौं २० वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
यस अघि अरु नेताहरुसंगै राखिएको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शनिबार साँझ सुरु भएको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसंगै एउटै लहरमा कुर्सीको व्यवस्था गरिएको छ ।
तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता गरेर नेकपा बनेपछि ओली र प्रचण्ड अध्यक्ष छन् । मंसिर २०७५ को सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका दिने र ओलीले पाँच वर्ष नै सरकार चलाउने निर्णय भएको थियो । त्यसपछि सचिवालय बैठक बस्दा ओली र प्रचण्डलाई एउटै लहरमा कुर्सी राख्न थालिए पनि निरन्तरता पाएन । शनिबार बसेको बैठकमा प्रचण्डको आसन फेरिएको छ ।
प्रतिक्रिया