१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

विद्यालयहरुले विद्यार्थीहरुमा ज्वरो नाप्ने उपकरण इन्फारेड थर्मोमिटरको प्रयोग गर्न थाले



कोरोनाको जोखिम बढ्दै गएपछि विद्यालयहरुले पनि विद्यार्थीहरुमा ज्वरो नाप्ने उपकरण इन्फारेड थर्मोमिटरको प्रयोग गर्न थालेका छन् ।शुक्रबार बिहान काठमाडौंको भीएस निकेतन स्कुलले आफ्ना विद्यार्थीहरुमा इन्फारेड थर्मोमिटरको प्रयोग गरेको हो ।

ज्वरो चेक गर्दै विद्यार्थीलाई विद्यालय प्रवेश गराउन थालिएको विद्यालयले जनाएको छ ।शरीरको तापक्रम बढी भएमा इन्फारेड थर्मोमिटरमा रातो संकेत देखिन्छ । त्यस्तो देखिएमा सम्वन्धित व्यक्तिलाई उपचारका लागि पठाइन्छ ।

कोरोना भाइरस संक्रमणको सुरुवातको लक्षण शरीरमा तापक्रम बढ्नु हो । त्यसैले विमानस्थल, सञ्चारगृह र विद्यालयहरुमा पनि इन्फारेड थर्मोमिटरको प्रयोग गरी ज्वरो नाप्न थालिएको छ ।काठमाडौंमा कोरोना भाइरस भित्रिइसकेको पुष्टि भइसकेको छैन । यद्यपि नेपाल पनि उच्च जोखिममा भएकाले सतर्कता अपनाइएको हो । सरकारले विद्यालयहरुलाई आउँदो परीक्षा चैत ५ गतेभित्र सम्पन्न गर्न हालै निर्देशनसमेत दिएको छ ।

प्रकाशित : २३ फाल्गुन २०७६, शुक्रबार ००:००