१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

पुनः खतिवडालाई अर्थमन्त्री नियुक्त गर्ने तयारी



काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल मंगलबार मध्यरातमा सकिँदैछ । त्यससँगै उनी मन्त्री पनि रहने छैनन् ।

स्रोतकाअनुसार कार्यकाल सकिनुअघि नै खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिने तयारी छ ।

तर उनको पुनः नियुक्त हुनेछ ।

नेकपा उच्च स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्नेछन् ।

धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिनेछ । र, यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ ।

प्रकाशित : २० फाल्गुन २०७६, मंगलबार ००:००