१८ माघ २०८१, शुक्रबार । January 31, 2025

ग्लोबल

अमेरिकाबाट किरात प्रदेशको माग



न्युयोर्क। “किरात” कुनै जातिको प्रतिनिधि शब्द मात्र नभएर नेपालकै मौलिक पहिचानको नाम हो भन्दै अमेरिकामा रहेको एक नेपाली संस्थाले एक नंबर प्रदेशको नाम किरात राख्न ज्ञापनपत्र मार्फत माग गरेका छन्।

किरात राई अर्गनाईजेसन अफ अमेरिका UKROAले आज न्युयोर्क स्थित नेपाली महाबाणिज्यदुतको कार्यलय मार्फत १ नमबर प्रदेश सभालाई सम्बोधन गर्दै किरात प्रदेश नामांकन गर्न माग गरेको हो ।


ज्ञापनपत्रमा प्रधानमंत्री केपि वली र १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई बोधार्थ गराईएको छ। गैर आवासीय नेपाली माहासंघ (एनआरएन) अमेरिकाका संस्थापक अध्यक्ष शिवकुमार राई, जनमन्चका अध्यक्ष अग्नि साम्पाङ सिहत दर्जनैंको उपस्थितिमा युक्राकी अध्यक्ष मुना राईले महाबाणिज्यदुत पुष्पराज भट्टराईलाई ज्ञापनपत्र हस्तान्तरण गरी नेपाल पठाएको हो।

प्रकाशित : १३ फाल्गुन २०७६, मंगलबार ००:००