काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपालमा त्यसको रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीनवटा समिति गठन गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समिति, स्वास्थ्य सचिव खगराज बरालकोको अध्यक्षतामा निर्देशक समिति र गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा। दीपेन्द्ररमण श्रेष्ठको अध्यक्षतामा स्वास्थ्य प्राविधिक समिति गठन भएको मन्त्रालयले जनाएको छ ।
बिहीबार मन्त्री ढकालको अध्यक्षतामा बसेको विभिन्न मन्त्रालयका सचिव तथा स्वास्थ्य मन्त्रालयका अधिकारीको बैठकले कोरोना भाइरस रोकथामका लागि समिति गठन गरेको हो । समितिको सदस्यहरूमा सबै मन्त्रालयका सचिव तथा महाशाखा प्रमुख रहनेछन् ।
उच्चस्तरीय अनुगमन समितिले कोरोनाको रोकथामको लागि विभिन्न निकायले गरिरहेका कामहरूको अनुगमन गर्नेछ । समितिमा मन्त्रालयका तीनै विभागका महानिर्देशक, सबै महाशाखाका निर्देशक, टेकु अस्पतालका निर्देशक, स्वास्थ्य अन्तर्गतका सवै परिषदका अध्यक्षहरु पदेन सदस्य तोकिएको छ ।
मन्त्रालयले तोकेको विज्ञहरुमा डा। खेम कार्की, डा। जगदीश अग्रवाल, डा। अर्जुन कार्की, डा। मानव भट्टराई, डा सुरेश तिवारी, डा। दिलीप शर्मा, निजी अस्पताल एसोसिएसन, निजी मेडिकल कलेज एसोसिएसन प्रतिनिधि र विश्व स्वास्थ्य संगठनका प्रतिनिधि निर्देशक समितिका सदस्य रहने छन् ।
प्रतिक्रिया