काठामण्डौं । भारतमा भाजपा सरकारले लागु गर्न तयार एनआरसी, सिएए, र एनपिआर (नागरिकता संसोधन कानुन) खारेजीको लागि बहुजन क्रान्ति पार्टीले आज गरिएको भारत बंदको आव्हानमा छिटफुट घटना बाहेह शान्तिपुर्ण भएको बताईएको छ ।
सरकारको यो एनआरसीले हाल बंगलादेशबाट भारतमा आएका पछिल्लो पुस्ताका नागरिक जसले यदी भारतको नागरिकता लिएका भए खारेजी गरिदिने छन् । त्यसैगरी सिएए ले भने बंगलादेश, पाकिस्तान र अफ्गानिस्तानमा रहेका पिडामा रहेका हिन्दुहरुलाई भारतमा नागरिकता सहित राख्ने छन् । र एनपिआरले भारतमा रहेका नागरिकको नयाँ अभिलेख बनाउने छ । त्यसैले यो नयाँ कानुनले संविधानको उल्लंघन गरेको आरोप लगाउँदै बहुजन क्रान्ति पार्टीले लगातार विरोध गरिरहेको छ । यस बन्दलाई प्रतिपक्ष दल भारतीय कांग्रेस, मुस्लिम संगठन र अन्को समेत समर्थन रहेको भारतीय मिडियाहरुले जनाएका छन् । बहुजन क्रान्ति पार्टी भारतको संविधान निर्माण समितिका अध्यक्ष डा. भीम राव अम्बेडकरको अवधारणामा तयार भएको हो ।
१७ माघ २०७६, शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया