१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

अग्नि सापकोटा सभामुखमा निर्वाचित



काठमाडौं १२ माघ । प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् ।

सापकोटा आइतबार बसेको संसद बैठकले निर्विरोध निर्वाचित गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए ।

नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।

प्रकाशित : १२ माघ २०७६, आइतबार ००:००