काठमाडौँ २४ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा भारत २ सय ९५ पदक सहित शीर्ष स्थानमा छ ।
भारतले सागको अन्तिमदिनसम्म १ सय ६० स्वार्ण, ९१ रजत र ४४ कास्य पकद जितेको हो ।
नेपाल ४९ स्वर्णसहित पदक सहित तालिकाको दोस्रो स्थानमा रहेको छ । नेपालले ५४ रजत र ९२ कास्य जितेको हो ।
यस्तै श्रीलङ्का ३९ स्वर्ण सहित तेस्रो स्थानमा रहेको छ । श्रीलङ्काले ७९ रजत र १ सय १८ कास्य सहित २ सय ३६ पदक जितेको छ ।
पाकिस्तानले ३२ स्वर्णसहित १ सय २४ पदक जितेर चौथो स्थान हासिल गरेको छ । पाकिस्तानले ३७ रजत र ५५ कास्य जितेको छ ।
बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८१ कास्य जितेको छ ।
माल्दिभ्सले १ स्वर्ण जितेको छ । माल्दिभ्सको लागि यो सागको १ स्वर्ण भएपनि ऐतिहासिक रह्यो । सागको इतिहासमा यो स्वर्ण नै पहिलो हो । उसले ३ कास्य सहित ४ पदक जितेको छ ।
भुटान यो सागमा स्वर्ण विहिन रह्यो । भूटानले ६ रजत र १९ कास्य जितेको छ ।
प्रतिक्रिया