![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/Pro_Ktm_Chayapan_Prachanda_-1024x683.jpg?resize=720%2C480)
काठमाडौं ३ मंसिर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सचिवालयले मन्त्रिपरिषद फेरबदलको विषय प्रधानमन्त्रीको क्षेत्राधिकार भित्र रहेको बताएको छ । सचिवालयले आज बिहान एक विज्ञप्ती जारी गरी मन्त्रिपरिषद हेरफेरको क्षेत्राधिकार प्रधानमन्त्रीको भएको स्पष्ट पारेको हो ।
मन्त्रिपरिषद पुनर्गठनको सन्दर्भमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच समझदारी हुन बाँकी रहेको समाचार आइरहेको बेला प्रचण्डको सचिवालयले त्यस्ता समाचारप्रति आपत्ति प्रकट गर्दै मन्त्रिपरिषद फेरबदलको विषय प्रधानमन्त्रीको क्षेत्राधिकार भएको स्पष्ट पारेको हो ।
मन्त्रिपरिषद पुनर्गठनका सन्दर्भमा सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल भए पनि दाहालले आफूहरुबीचको कार्यविभाजनको विषय उठाएकाले प्रधान्मन्त्री ओली तत्काल मन्त्रिपरिषद पुनर्गठन गर्ने विषयबाट पछि हटेको समाचार आइरहेका आइरहेका छन् ।
यसैबीच नेकपा केन्द्रीय सचिवालयको बैठक बुधबार बस्ने भएको छ । सो बैठकपछि मन्त्रिपरिषद पुनर्गठनको टुंगो लाग्ने जनाइएको छ ।
प्रतिक्रिया