![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/gettyimages-518723092-2048x2048-1024x683.jpg?resize=720%2C480)
सप्तरीको लालपुरमा बहुला स्यालको टोकाइबाट आधा दर्जन व्यक्ति घाइते भएका छन् । जिल्लाको खडक नगरपालिका–११ लालपुरमा शुक्रबार राति एक्कासी गाउँ पसेको बहुला स्यालले आक्रमण गर्दा स्थानीय ४० वर्षीया गुलावीदेवी रौनियार, २५ वर्षिया अमेरिकादेवी साह, ओमप्रकाश साह र आड वर्षीय छोरा गोविन्द साहलगायत अन्य दुई गरी छ घाइते भएको स्थानीयवासी वीरेन्द्र साहले जानकारी दिएका छन् ।
घाइते अन्यको नाम खुल्न नसकेको जानकारी दिँदै स्यालको टोकाइबाट घाइते भएका उनीहरुको कल्याणपुरस्थित एडभान्स अस्पतालमा उपचार भइरहेको स्थानीयवासी साहले बताए । यता, आक्रमण गर्ने बहुला स्यालको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय कल्यानपुरले जनाएको छ ।
प्रतिक्रिया