काठमाडौँ, २६ पुस । प्रहरीलाई आज काठमाडौँमा साइबर सुरक्षासम्बन्धी प्रशिक्षण दिइएको छ ।
प्राध्यापक डा रामहरि सुवेदीले प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालय, साइबर ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, महानगरीय अपराध महाशाखालगायत साइबर सुरक्षासँग सम्बन्धित प्रहरी अधिकृतलाई प्रशिक्षण दिनुभएको हो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साइबर सुरक्षामा अन्य निकायभन्दा नेपाल प्रहरीको दायित्व बढी भएकाले सिकेका कुरालाई व्यवहारमा लागू गर्न प्रहरी अधिकृतलाई निर्देशन दिनुभयो ।
आगामी दिनमा साइबर सुरक्षासँग सम्बन्धित विषयमा समन्वय गर्ने बताउँदै उहाँले प्रहरी अधिकारी सूचना र प्रविधिमा दक्ष भएमात्रै सेवा चुस्त हुने बताउनुभयो ।
प्रा डा सुवेदीले साइबर अपराधको अवस्था, यसबाट हुने खतरा, सुरक्षाको वर्तमान अवस्था, साइबर अपराधको विश्वव्यापी अवस्थाबारे जानकारी दिनुभएको थियो । साइबर अपराधप्रति सजग भई सहकार्य गरेर सचेतना फैलाउनसके अपराध न्यूनीकरण गर्न सकिनेमा उहाँको जोड थियो ।
प्रतिक्रिया