न्युयोर्क । संघीय समाज अमेरिकाले तिहार र दशैंको अवसर पारेर न्युयोर्कमा चियापान तथा शुभकामना कार्यक्रम गरेका छन् ।
कार्यक्रमको सुरुवतीमा आयोजक समाजका अध्यक्ष समिर महर्जनले आदिवासी अगुवा स्व. पद्मरत्न तुलाधरबारे चर्चा गरेका थिए । चर्चा पछि एक मिनेट मौनधारण समेत भएको थियो । कार्यक्रममा नेपाली महावाणिज्य दुत कृषु क्षेत्री, एनआरएन अमेरिकाका माहासचिव बावुराम लामा, बोर्डअफ डाईरेक्टर संजय थापा, आदिवासी जनजाती महासंघ अमेरिकाका महासचिव प्रेम गुरुङ, प्रवासी मञ्चका उपाध्यक्ष टेक गुरुङ, जनमंचका अध्यक्ष अग्नी साम्पाङ लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया