कञ्चनपुर, १६ भदौ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहामा रु १२ करोड ८१ लाखको लागतमा खानेपानी आयोजना निर्माण हुने भएको छ ।
जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कञ्चनपुरको सहकार्यमा आयोजना निर्माण हुने भएको हो । नगरपालिकाको वडा नं १ र २ का झण्डै एक हजार घरघुरीका बासिन्दा लाभान्वित हुने गरी आयोजना निर्माणको कार्य हुने वडाध्यक्ष हरिश बिष्टले बताउनुभयो ।
आयोजना निर्माणको कार्यलाई अगाडि बढाउनका लागि सुवर्ण बिष्टको अध्यक्षमा नौ सदस्यीय बन्साहा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिसमेत गठन गरिएको छ । आयोजना निर्माण भएपछि वर्षौंदेखि ह्याण्ड पम्पको पानी पिउँदै आएका बासिन्दाले शुद्ध पिउने पानी पाउने भएका छन् ।
प्रतिक्रिया