२३ माघ २०८१, बुधबार । February 5, 2025

समाचार

भट्टी राजनीति हावी भएको भन्दै क्षेत्रीय सचिवको एमालेबाट राजिनामा



काठमाडौं : स्थानीय निर्वाचन नजिकिदै जाँदा एमालेमा कार्यकर्तामाझ पार्टीप्रति असन्तुष्टी र परित्याग लहर चलेको छ । यसैबीच सुनसरी २ नम्बर क्षेत्रका सचिव ठमनाथ लम्सालले एमालेमा सच्चा कार्यकर्ताको अपमान भएको र भट्टी राजनीति हावी भएको भन्दै पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
लम्सालले बैशाख १३ गते बुधबार एक विज्ञ्प्ती निकालेर पार्टी परित्याग गरेको जनाएका हुन् । उनले विज्ञ्प्तीमा लेखेका छन्, ‘नेकपा एमालेभित्र म सुकुम्बासी भएको महसुस गरी एमालेको दर्शन बुझ्न सकिँन, अब पार्टीमा जातीय, क्षेत्रीय राजनीति हावी हुँदै आएको र वर्गीय राजनीतिलाई कोमामा थन्क्याएको अनि भट्टी राजनीतिले प्राथमिकता पाउँदै आएको तितो सत्यलाई हृयगंम गरी एमालेमा इमान्दार कार्यकर्ताको कदर नहुने आत्म सम्मान नपाइने हुँदा आजैको मिति देखी नेकपा एमालेका सम्पूर्ण जिम्मेवारीका साथै साधारण सदस्यका साथै संगठीत सदस्यता समेत परित्याग गरी स्वतन्त्र जीवन यापन गर्ने जानकारी गराउँदछुं ।’ लामो समय एमालेमा इमान्दार भएर काम गरेको तर अपमान पाएको लम्सालले लेखेका छन् ।

प्रकाशित : १४ बैशाख २०७४, बिहिबार ००:००