धनगढी, ६ चैत । जिल्ला प्रशासन कार्यालय कैलालीले अनुमति प्राप्त गरेका व्यक्तिका नाममा रहेका हातहतियारलाई स्थानीय तहको निर्वाचनको अवधिभर जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन सम्बन्धितसँग आग्रह गरेको छ ।
कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा स्थानीय तहको निर्वाचनका समयमा सुरक्षाकर्मीले कानुनबमोजिम लिन पाउने हातहतियारबाहेक अन्य कुनै पनि व्यक्तिलाई कुनै विस्फोटक, रासायनिक, विषालु पदार्थ वा लाठी, भाला, खुकरी, बन्दुक, पेस्तोलजस्ता हातहतियार लिएर हिँड्न, प्रदर्शन र प्रयोग गर्न÷गराउन निषेध गरिएको उल्लेख छ । निर्वाचन अवधिभर मदिरा तथा मदिराजन्य पदार्थको अवैध उत्पादन बिक्री–वितरणको काममा पनि पूर्ण बन्देज लगाइएको छ ।
६ चैत्र २०७३, आइतबार ००:००
0
Shares
प्रतिक्रिया