२८ बैशाख २०८२, आइतबार । May 11, 2025

मुख्य खबर

निर्वाचन गर्नुको विकल्प छैन : महासचिव पोखरेल



नेपालगन्ज, ५ चैत । नेकपा ९एमाले० का महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयनका लागि तोकिएको मितिमा स्थानीय निकायको निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन ।

प्रेस चौतारी, बाँकेद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले आमनेपाली जनता निर्वाचनको पक्षमा छन्, कसैले निर्वाचनको विरोध गर्छ भने उनीहरुलाई जनताले नै ठेगान लगाउँछन्, भने।

उहाँले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चुनावमा हारिने डरले विरोध गरिरहेको आरोप लगाउँदै जनमत छ भनी दावा गर्ने पार्टीले निर्वाचनबाट डराउनु हँुदैन भन्नुभयो । महासचिव पोखरेलले आफ्नो दलले देशव्यापी रुपमा थालेको मेची–महाकाली अभियान कसैको विरुद्धमा नभएको पनि स्पष्ट पारे ।

प्रकाशित : ५ चैत्र २०७३, शनिबार ००:००