काठमाडौँ, ५ चैत । नेपाल एयरलाइन्सको उडानबाट काठमाडौँबाट हङ्कङ जान लागेकी एक महिलालाई अवैधरुपमा लैजान लागेको विदेशी मुद्रासहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
ललितपुर नखीपोटकी पेमला लामालाई अमेरिकी डलर ३८ हजार ९५० र हङ्कङ डलर ६०० सहित आज प्रहरीले पक्राउ गरेको हो ।
लामाले सुटकेशमा अवैधरुपमा लुकाइछिपाई सो रकम लैजान लागेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया