१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

संविधान संशोधन गरी निर्वाचनको मिति घोषणा गरिनुपर्ने



काठमाडौँ, १८ माघ । माघभित्र नै संविधान संशोधन गरेर स्थानीय निर्वाचनको मिति घोषणा गर्नुपर्नेमा विभिन्न दलका नेताले जोड दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले लोकतन्त्रको दुरुपयोग भएको भन्दै संविधान परिमार्जनसहित संशोधन नभएसम्म कुनैपनि निर्वाचन हुन नसक्ने दाबी गरे । स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन परिमार्जन गरिनुपर्ने बताए।
नेपाली काँग्रेसका नेता डा. नारायण खड्काले माघभित्रै निर्वाचनको मिति घोषणा गर्नु वर्तमान सरकारको पहिलो जिम्मेवारी रहेको बताए।
नेकपा माओवादी केन्द्रका नेता प्रभू साहले संविधान संशोधन गरेर मात्र निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताए । उनले भने, “संशोधन नगरी चुनावमा जानु भनेको द्वन्द्व बढाउनु हो ।”

प्रकाशित : १८ माघ २०७३, मंगलबार ००:००