नेपालगन्ज, १८ चैत । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्थीले राजनीतिक विचारलाई खल्तीमा राखेर मानवअधिकारको वकालत गर्न नसकिने बताएका छन् । आयोगद्वारा आज यहाँ आयोजित ‘मानवअधिकारको अवस्था तथा निर्वाचन अनुगमन र चुनौती’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै वस्थीले—“राजनीतिक विचारलाई साक्षी राखेर मानवअधिकारकर्मी हुन सकिदैन, त्यसले सिङ्गो मानवअधिकारको क्षेत्रलाई कलङ्कित मात्र गर्छ ।” अधिकारकर्मीले नागरिकको अधिकारको वकालत…