चितवन, २० चैत । चितवन राष्ट्रिय निकुञ्जबाट भोलिदेखि एक सिङ्गे गैँडा स्थानान्तरणका लागि निकुञ्जको सुखिभार क्षेत्रमा क्याम्प खडा गरी काम सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट पाँचवटा गैंँडा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गर्न लागिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार निकुञ्जको मुख्य कार्यालय कसराबाट आठ किलोमिटर पश्चिममा रहेको सुखिभारमा हिजो साँझ…