रत्ननगर (चितवन), ११ वैशाख । जलवायुजन्य प्रकोप न्यूनीकरण गर्दै कृषि सूचना प्रदान गरी प्रविधिको हस्तान्तरण गर्न चितवनमा किसानका लागि नयाँ कार्यक्रम सुरु गरिएको छ । कृषि मन्त्रालयले जिल्ला कृषि विकास कार्यालयमार्फत उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो । जलवायुजन्य प्रकोप समुत्थान निर्माण आयोजनाअन्तर्गत चितवनका विभिन्न ६३ वटा कृषि तथा पशुपालन कृषक समूहमा उक्त कार्यक्रम लागू भएको…