काठमाडाँै, २२ वैशाख । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालमा विदेशी लगानीको विशेष सुरक्षा गरिने बताएका छन् । थाइल्यान्डस्थित नेपाली राजदूतावास र सिङ्गापुरस्थित नेपाली अवैतनिक महावाणिज्य दूतावासद्वारा बिहीबार साँझ सिङ्गापुरमा आयोजित नेपालको पर्यटन, व्यापार तथा लगानी सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नेपालमा लगानीका लागि विदेशी लगानीकर्तालाई आग्रह गरे । सिङ्गापुरका उद्योगी व्यवसायी, आर्थिक तथा कूटनीतिक क्षेत्रका…