दोस्रो चरणमा आगामी असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकामा प्रमुख तीन दलबीच कडा प्रतिस्पर्धा हुने भएको छ । नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहेक अन्य राजनीतिक दलले उपमहानगर प्रमुख र उपप्रमुखका उम्मेदवार तोकिनसकेकाले प्रमुख तीन दलबीच नै तीव्र प्रतिस्पर्धा हुने भएको हो । तीनवटै राजनीतिक दलले धरानको विकास–निर्माण,…