वालिङ (स्याङ्जा), १० असार । चापाकोट नगरपालिका–१ मगरेका २३ घरधुरीमा चौबिसै घन्टा खानेपानीको सुविधा पुगेको छ । गाउँभन्दा धेरैमुनि रहेको चिलाउनेघारी मूलबाट खानेपानी बोकेर गुजारा चलाउँदै आएका यहाँका बासिन्दाले अहिले घर घरमा धारा निर्माण गरी खानेपानी प्रयोग गर्दै आएका छन् । संसद् विकास कोषको रु १० लाख, चापाकोट नगरपालिकाको रु डेढ लाख, रिनेवल वल्र्ड र…