रत्ननगर (चितवन), १० असार । चितवनको इच्छाकामना गाउँपालिकाको विकट क्षेत्र काउलेस्थित चेपाङ गाउँमा कृषि सडक निर्माण गरिएको छ । सो गाउँपालिकाको कोटभञ्याङबाट तोवाङ स्कुलसम्म करिब दुई किलोमिटर भन्दा बढी कृषि सडकको निर्माण कार्य सम्पन्न भएको सो गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार माझ काउलेसम्म सडक जोड्ने लक्ष्यसहित पहिलो चरणमा दुई किलोमिटर सडक…