काठमाडौँ, ११ असार । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मतदान गर्न सम्पूर्ण जनतामा आह्वान गरेको छ । काँग्रेसले आज एक विज्ञप्तिमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनका क्रममा स्थानीय तहको निर्वाचन हुन गइरहेको उल्लेख गर्दै स्थानीय तहको निर्वाचनमार्फत् आर्थिक–सामाजिक रुपान्तरण गर्दै सुशासन र स्थानीय समृद्धि…