चितवन, ११ असार । एकातर्फ त्रिशूली नदी र अर्काेतर्फ अग्लो पहाड भएको नारायणगढ–मुग्लिन सडक खण्डका २९ ठाउँलाई भूगर्भविद्ले पहिरोको दृष्टिकोणले उच्च जोखिमको रुपमा औँल्याएका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता बिएन सिंहको नेतृत्वको पाँच सदस्सीय टोली र भूगर्वविद् टुकलाल अधिकारीले गरेको छुट्टाछुट्टै अध्ययनले ती ठाउँलाई जोखिमपूर्ण भनी सावधानी अपनाउन सुझाव दिएका छन् । आयोजनाका इञ्जिनियर…