चितवन, ११ असार । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना विवादबारे सर्वाेच्च अदालतले मागेको कागजपत्र जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले मङ्गलबार पठाउने भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज साँझ आयोजना गरेको सर्वदलीय बैठकमा मङ्गलबार बिहान ७ बजे च्यातिएका मतपत्र झिकेर मतपेटिकामा राखी शिल गरेर सर्वोच्च अदालतमा पठाउने सहमति भएको…