चितवन, १२ असार । सडक विस्तारका लागि भित्तो काट्न भन्दै दिउँसो आवागमन रोकिएको नारायणगढ मुग्लिन सडकखण्ड आजबाट नरोकिने भएपछि राजधानीबाट बाहिरी जिल्ला मतदान गर्न जाने मतदाताका लागि सहज भएको छ । विस्तारको क्रममा रहेको सडकको भित्तो काट्न सहज होस् भन्नका लागि चैत १४ गतेबाट दिउँसो १० बजेदेखि ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो…