काठमाडौँ, १३ असार । दोश्रो चरणअन्तर्गत यही असार १४ गते बुधबार हुन गइरहेको स्थानीय तहको निर्वाचनमा एक लाख ६३ हजार ८२३ जना सुरक्षाकर्मी परिचालन हुने भएको छ । गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी यो निर्वाचनमा उक्त सङ्ख्यामा सुरक्षाकर्मी परिचालन हुने जानकारी दिनुभयो…