विराटनगर, १४ असार । दोस्रो चरणको निर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि मोरङमा मतदान कार्य सुरु भएको छ । यस जिल्लाको एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ वटा स्थानीय तहका ६६९ वटा मतदान केन्द्रमा मतदान कार्य सुरु भइसकेको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी गराउनुभएको छ । मतदाताहरु उत्साहका साथ बिहानैदेखि…