काठमाडौँ, १५ असार । मुलुकको प्रतिष्ठासँग जोडिएको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधुनिक गुणस्तरीय बनाउन सरसफाइ अभियान सुरु गरिएको छ । बिमानस्थलको सरसफाइ गरी पर्यटकको नेपाल आगमनलाई आनन्दमय बनाउने उद्देश्यसहित ‘अतिथि देवो भवः’ अभियानअन्तर्गत गैरआवासीय नेपाली सङ्घ ९एनआरएन० सँगको सहकार्यमा नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले संयुक्त रुपमा सो अभियान सुरु गरिएको हो…