धनगढी, १५ असार । प्रदेश नं. ७ नम्बर प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको प्रमुख र उपप्रमुखमा काँग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् । साँझसम्म ९०० मत गणनामा धनगढी उपमहानगरको प्रमुखमा काँगे्रसका नृप ओडले ३३४मत र उपप्रमुख सुशीला मिश्र भट्टले ३६५मत पाउनुभएको छ । उहाँलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले २८९ मतका साथ पछ्याइ रहनुभएको छ ।…