काठमाडौँ, १७ असार । बाल क्लबका सदस्य आबद्ध बालअधिकार संरक्षणका लागि राष्ट्रिय अभियानको दोस्रो साधारणसभाले प्रवीण सिलवाल संयोजकत्वमा नयाँ समिति गठन गरेको छ । उन्नाइस जिल्लाका प्रतिनिधिसहितको शुक्रबार सम्पन्न सभाले सिलवाललाई नयाँ संयोजक चयन गरेको हो । अभियान गैरसरकारी संस्था नभई खुल्ला सञ्जाल हो । अभियानले पहिलो चरणमा राजधानीभित्रका सार्वजनिक यातायातमा रहेका बालश्रमिकलाई पुनःस्थापना गराई…