चितवन, १७ असार । भरतपुर अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको प्रमाणपत्र तहमा नर्सिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ । अस्पतालले यसै शैक्षिक सत्रदेखि गुणस्तर वृद्धि गर्न भन्दै प्रतिष्ठान अन्तर्गतको स्टाफ नर्सको कक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो । भरतपुर अस्पतालको अनुरोधलाई प्रतिष्ठानको बोर्डले सम्बन्धन दिने निर्णय गरेको हो । नर्सिङ सङ्कायकै स्नातकको पनि चिकित्सा…