रामपुर (पाल्पा), २२ असार । रम्भा गाउँपालिका–२ को फोक्सिङकोटमा स्वास्थ्य बीमा गराउनेको आकर्षण बढ्दो छ । केही समय अघिसम्म स्वास्थ्य बीमासम्बन्धी यहाँका बासिन्दाले त्यति चासो दिएका थिएनन् । गाउँकै मीनकुमारी पाँडे मगरले रु ३९ हजार बराबरको औषधि उपचार निःशुल्क पाएपछि यहाँका स्थानीयवासी धमाधम स्वास्थ्य बीमा गराउन थालेका छन् । फोक्सिङकोटका ७० घरपरिवारका १४५ जनाले अहिले…