काठमाडौँ, २२ असार । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र चीनबीचका साझा प्राथमिकताका योजनालाई कार्यान्वयनमा लान बेल्ट एन्ड रोड इनिसियटिभ्स (बिआरआई) सहयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँ आज चीनको लान्झाउमा भइरहेको लगानी तथा व्यापार मेलाको उद्घाटन कार्यक्रममा ‘रेशम मार्गमा सहयोग र विकास’बारे संभाषण दिँदै हुनुहुन्थ्यो । नेपाल र चीनलाई सीमा नाकाले जोड्ने र बिआरआईमा…