बेनी (म्याग्दी), २५ असार । कालीगण्डकी नदीमा आएको बहावले कटान गरेपछि बिहीबारदेखि अवरुद्ध बनेको बेनी–जोमसोम सडक शनिबार साँझदेखि खुलेको छ । हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको अवरुद्ध भिरकाटे खण्डमा मर्मतपछि एकतर्फी रुपमा सञ्चालनमा आएको हो । वर्षाका कारण कालीगण्डकी नदीमा आएको बहावले अन्नपूर्ण गाउँपालिका–६, भिरकाटेमा बेनी–जोमसोम सडकखण्डअन्तर्गतको अन्दाजी ३० मिटर सडक कटान…