बनेपा, ८ साउन । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ स्थित कपालकोटमा सेतीदेवी वनवाटिका उद्यान स्थापना भएको छ । सांसद रामहरि सुवेदीको संसदीय विकास कोषबाट रु पाँच लाख, जिल्ला वन कार्यालयबाट रु आठ लाख र पनौती नगरपालिकाबाट रु दुई लाख गरी कुल रु १५ लाखको लगानीमा वनवाटिका उद्यान स्थापना भएको सहायक वन अधिकृत शिवराम थापाले जानकारी दिनुभयो ।…