काठमाडौँ, ९ साउन । यस वर्ष साउनको दोस्रो सोमबारका दिन प्राचीन, ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध नागेश्वर महादेव मन्दिरमा ५० हजारभन्दा बढी श्रद्धालु भक्तजनले पूजार्चनासहित नागेश्वरको दर्शन गरेका छन् । नागेश्वरको दर्शन गर्नाले फलिफाप हुने विश्वास गरिन्छ । नागेश्वरको मन्दिरमा नित्य बिहान रुद्री, हवन र साँझमा गरिने आरतीमा टाढा टाढाबाट भक्तहरु सहभागी हुने गरेका छन्…