काठमाडौँ, १३ साउन । काठमाडौँको दक्षिण भेगस्थित टौदहमा दर्शनका लागि आज भक्तजनको विशेष घुइँचो लागेको छ । प्रत्येक वर्ष नाग पञ्चमीका दिन उक्त स्थानमा दर्शन गर्न काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट भक्तजन आउने गर्दछन् । कर्कोटक नागराजाको बासस्थान मानिने दहको किनारमा विशेषगरी नागपञ्चमीका दिन नागको पूजा गर्न तथा जनै पूर्णिमाका दिन तागाधारीले स्नानसहित जनै…