काठमाडौँ, १३ साउन । चराको चिरबिर तथा जंगलको शीतल छाहरीमा बजिरहेको सुमधुर परम्परागत गीत–संगीतमा मन्त्रमुग्ध भएर दक्षिण एशियाली मुलुकका कलासाधक चित्र बनाउन व्यस्त छन् । प्रकृतिको काखमा अनुपम सिर्जनामा व्यस्त दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य देशका २९ कलाकार राजधानीको होहल्लाभन्दा टाढा गोकर्णको जंगलमा अवस्थित रिसोर्टमा रंग र कुची चलाउन व्यस्त छन् । संस्कृति,…