भद्रपुर, १२ साउन । झापामा आर्थिक वर्ष २०७३÷७४ मा ८२२ वटा साना तथा मझौला उद्योग दर्ता भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका कर्मचारी विष्णुप्रसाद झाका अनुसार जिल्लामा हालसम्म सात हजार ६९८ उद्योग दर्ता छन् ।
गत आवमा २४ वटा उद्योग खारेज भएका थिए । उद्योग दर्ता एवं नवीकरणबाट सो अवधिमा रु ८७ लाख ७०० राजश्व संकलन गरेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया