सोफिया, ११ साउन । बुल्गेरियाको मन्त्रिपरिषद्ले बुधबार अफगानिस्तानमा थप ५० सैनिक पठाउने निर्णय गरेको छ ।
यी सैनिकहरू नेटोआवद्ध ‘रेसोलुट सपोर्ट मिसन (आरएसएम)’ मा सहभागीताका लागि पठाइने सरकारको सूचना सेवाले जानकारी दिएको छ ।
बुल्गेरियाली सरकारद्वारा जारी विज्ञप्तिमा अफगानिस्तानमा रहेको नेटो सैनिकआवद्ध सेनामा आफ्नो भूमिका बढाउनका लागि ती सैनिकहरू पठाइने बताइएको छ ।
यद्यपि हाल पठाइने सैन्य बलसहित अफगास्नितानमा नेटोआवद्ध बुल्गेरियाली सैनिकको सङ्ख्या १६० पुग्नेछ ।
अफगानिस्तानमा सन् २००४ देखि नेटोको मिसनसँग आवद्ध बुल्गेरियाली सैनिकको सहभागिता रहँदै आएको छ ।
प्रतिक्रिया