काठमाडौँ, ९ साउन । सर्वोच्च अदालतको आजको पूर्ण बैठकले सर्वोच्च अदालत नियमावली २०७४ पारित गरेको छ ।
बैठकले २०४९ को नियमावलीलाई खारेज गर्दै नियमावली २०७४ पारित गरेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो । उपाध्यायले जारी गरेको प्रेस विज्ञप्तिमा सो नियमावली नेपाल राजपत्रमा सूचना प्रकाशन भएपछि लागू हुने उल्लेख छ ।
नियमावलीमा व्यवस्था गरिएको नयाँ प्रावधानमा सर्वोच्च अदालतको नियमित कार्यका अतिरिक्त अन्य समय र अदालत बन्द रहने वा सार्वजनिक बिदाका दिनमा समेत खुला रहने गरी वा इजलास लाग्ने गरी प्रधानन्यायाधीशले तोक्न सक्ने व्यवस्था छ । यस्तै अदालतको काम शुक्रबार अपराह्न ४ बजेसम्म हुने व्यवस्था, मुद्दा पेसी, सूचीको प्राथमिकता क्रम परिमार्जनलगायत नयाँ व्यवस्था उल्लेख छ ।
प्रतिक्रिया