उर्लाबारी (मोरङ), ९ साउन । जोगबनीबाट विराटनगर आउँदै गरेको को १ ख ४१४ नंको बस विराटनगर–१३ मा आज पल्टँदा बसका संचालक विराटनगर–१५ बस्ने ४२ वर्षीय रञ्जित सिंहको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक दिनेश चौधरीले दुर्घटनामा अन्य १७ घाइते भएको र तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया