काठमाडौँ, ३ साउन । हाल अस्टे«लियामा रहनुभएका उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठ र भिक्टोरियाली गर्भनर लिन्डा डिसायू एसीबीच प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका विषयमा आज भेटवार्ता भएको छ ।
भेटमा दुई देशबीचको शिक्षा प्रणाली, व्यावसायिक तथा सीप विकास तालिमका विषयमा छलफल भएको थियो ।
उपप्रधानमन्त्री श्रेष्ठले विद्यालय क्षेत्र विकास कार्यक्रममा अस्ट्रेलिया सरकारले गरेको सहयोगप्रति धन्यवाद दिँदै एसियाली विकास बैंकको अनुदान सहयोगमा सञ्चालित सीप विकास परियोजनाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको प्रभावकारी व्यवस्था र निजी तथा सामुदायिक प्रशिक्षण केन्द्रहरुको व्यवस्थापन भइरहेको बताउनुभयो ।
व्यावसायिक शिक्षाबारे अन्तर्राष्ट्रियस्तरमा भइरहेको पद्धतिको अध्ययन गर्न श्रेष्ठसहितको टोली शुक्रबार अस्टे«लिया गएको थियो । टोली आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया