१ मंसिर २०८१, शनिबार । November 17, 2024

मुख्य खबर

तीन रोपनी जग्गा मन्दिरलाई दान



बागलुङ, २५ असार । बागलुङ नगरपालिका–२ का रुपा थापाले बागलुङ कालिका भगवती मन्दिरलाई तीन रोपनी जग्गा दान गर्नुभएको छ । थापाले पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित पाँच लाख ३१ हजार मूल्य पर्ने उक्त जग्गा मन्दिरलाई दिनुभएको हो ।

थापाले आइतबार मन्दिरको गुठी समितिलाई जग्गाको लालपुर्जा हस्तान्तरण गर्नुभयो । अंशबापत पाएको जग्गा मन्दिरको नाममा दानस्वरुप अर्पण गरेको थापाले बताउनुभयो ।

“पुण्यका लागि आफूसँग भएको जग्गा मन्दिरलाई चढाएँ”, थापाले भन्नुभयो । मन्दिरले उक्त जग्गालाई आयआर्जनमा लगाउने गुठीका अध्यक्ष राजु खड्काले बताउनुभयो । मन्दिरको नाममा जग्गा चढाउने थापालाई गुठीले आइतबार सम्मानसमेत गरेको छ । बागलुङका प्रजिअ ऋषिराम तिवारीले थापालाई सम्मान–पत्र प्रदान गर्नुभएको थियो ।

थापाले दिएको जग्गाको बजार मूल्य करिब रु १० लाख पर्ने जनाइएको छ ।

प्रकाशित : २५ असार २०७४, आइतबार ००:००